
ललितपुर । नेकपा एमालेले चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि रास्वपाले चूनाव भाड्न खोजेको आरोप लगाएको छ ।
शनिबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले बिभिन्न जिल्लाहरुमा दलहरुका झण्डा र चूनाव चिन्ह जलाउने, अशान्ति फैलाउने काम गरेर रास्वपाले चूनाव भाड्न खाजेको पुष्टि भएको आरोप लगाएको हो । एमालेले देशमा शान्ति सुरक्षा अमनचयन कायम हुन नसकेका कारण भयरहित वातावरणमा चूनाव हुनेमा अझै विश्वस्त हुन नसकेको जनाएको छ । चूनावका लागि सहज वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षण गराइएको एमाले आम निर्वाचन प्रेस संयोजक मीन बहादुर शाहीले बताउनुभयो ।
उहाले अमुक पार्टी र त्यसका नेतृत्वको तस्बिर, चिह्नअंकित टिसर्टहरू होली पर्वको मौका छोपी वितरण गर्ने लगाएतका निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघनका घटनाहरु देखिएको बताउनुभयो । आचारसंहिता उल्लंघन कार्यप्रति निर्वाचन आयोगको उदाशिनता र शैलिप्रति पार्टीको गम्भीर आशंका रहेको शाहीले उल्लेख गर्नुभयो ।
त्यस्तै एमालेले सर्वेक्षणका नाममा जनमतलाई प्रभावित पार्ने गरि फेक सर्वेक्षण परिणाम सार्वजनिक गर्ने कार्यप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।








































