
नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले पहिलो संस्करणको युरोपियन ट्वान्टी २० बेल्जियम खेल्ने भएका छन् ।
लिगमा दीपेन्द्रलाई जेबी ब्रुजेसले आफ्नो टोलीमा अनुबन्ध गराएको शुक्रबार आफ्नो सामाजिक संजालमार्फत जनाएको हो ।
नेपाल प्रिमियर लिग ९एनपिएल० पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स स्वामित्वमा रहेको कम्पनीकै अधिनमा ब्रुजेज पनि रहेको छ ।
बुधबार मात्र नेपालका अर्का क्रिकेटर सन्दीप लामिछानेलाई पनि यसै लिगको टोली लिज रेड लायन्सले आफ्नो टोलीमा अनुबन्ध गराएको थियो ।





































