जोडिनुहोस
  • होमपेज
  • राष्ट्रियसभा अध्यक्षद्वारा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमन

राष्ट्रियसभा अध्यक्षद्वारा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमन

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभा र प्रतिनिधि सभा हलका साथै मल्टीपर्पोज हलको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।

प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै संसद बैठक बस्ने कक्ष तयार नहुँदा मल्टीपर्पोज हललाई तयार गर्न लागिएको छ। अध्यक्ष दाहालले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहणका लागि बनिरहेको मल्टीपर्पोज हलको प्रगतिका बारेमा पनि जानकारी लिनुभएको छ ।

सहरी विकास मन्त्रालयका अधिकारीका अनुसार शनिबारसम्म मल्टीपर्पोज हललाई सभाकक्षका रुपमा निर्माण गरिसक्ने बताएका छन्। साथै भवन परिसरको सरसफाइ पनि गरिने उनीहरुले बताएका छन्।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक कक्षहरु तयार हुन भने अझै १÷२ महिना लाग्ने उनीहरुको भनाइ छ। अनुगमनका क्रममा अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण र त्यसपछि प्रतिनिधि सभाको बैठकका लागि सबै तयारी गर्न निर्देशन दिनुभयो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?