जोडिनुहोस
  • होमपेज
  • ‘चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य छैन’

‘चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य छैन’

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ ।
शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा ओलीले चुनावलाई निष्पक्ष, धाँधली रहित बनाउन सरकार गम्भिर नदेखिएको आरोप लगाउदै कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पार्नुभएको हो । उहाले प्रचार–प्रसार र निर्वाचनका क्रममा कुनै अनुचित क्रियाकपाल भए त्यसलाई रोक्नुपर्ने बताउनुभयो । ओलीले असंवैधानिक तरिकाले नभइ लोकतान्त्रिक र संवैधानिक बाटोबाट देशको समस्याको समाधान होस् भन्ने एमालेले चाहेको धारणा राख्नुभयो ।
उहाले मुलुकमा भइरहेको संसद भंग गरेर आगो लगाउने र अलोकतान्त्रीक बाटो हिड्न खोज्नेहरुको सरकार बनाउनका लागि निर्वाचन गराउन खोजिएको आशंका व्यक्त गर्नुभयो ।
जे–जस्तो अवस्थामा भएपनि निर्वाचन हुन लागेकाले स्वतन्त्र, निष्पक्ष र धाँधली रहित, शान्तिपूर्ण वातावरण निर्वाचन सम्पन्न हुनुपर्ने उहाको भनाइ छ ।
उहाले राज्य संयन्त्रले निष्पक्ष र तटस्थ रहेर शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका