जोडिनुहोस
  • होमपेज
  • जगद्गुरु शङ्कराचार्य ‘धर्म विजय यात्रा’का लागि नेपाल आउने

जगद्गुरु शङ्कराचार्य ‘धर्म विजय यात्रा’का लागि नेपाल आउने

काठमाडौ. । जगद्गुरु शङ्कराचार्य श्री श्री विधुशेखर भारती जेठ ८ देखि १४ गतेसम्म नेपालमा आयोजना हुने ‘धर्म विजय यात्रा’ कार्यक्रममा सहभागी हुन काठमाडौं आउनुहुने भएको छ ।
आदि शङ्कराचार्य द्वारा स्थापित चार आम्नाय पीठहरूमध्ये प्रमुख मानिने शृङ्गेरी पीठका उत्तराधिकारी शङ्कराचार्य नेपाल भ्रमणमा आउन लाग्नुभएको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
जगद्गुरु शङ्कराचार्य श्री श्री विधुशेखर भारती कर्नाटकको शृङ्गेरीस्थित ‘दक्षिणाम्नाय श्री शारदा पीठ’का मनोनीत उत्तराधिकारी तथा कनिष्ठ पीठाधीश हुनुहुन्छ ।
आयोजकका अनुसार कार्यक्रम काठमाडौंस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा आयोजना गरिनेछ । शृङ्गेरी पीठ र नेपालबीच शताब्दीयौँदेखि गहिरो धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहिआएको छ ।
विशेषगरी काठमाडौँको पशुपतिनाथ क्षेत्र तथा यहाँका धार्मिक अनुष्ठानहरूमा शृङ्गेरी परम्पराको उच्च सम्मान रहँदै आएको छ । ‘धर्म विजय यात्रा’को उद्देश्य धर्मको संरक्षण, वैदिक संस्कृतिको प्रवद्र्धन तथा भक्तजनहरूलाई दर्शन र आशीर्वाद प्रदान गर्नु रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका