जोडिनुहोस
  • होमपेज
  • पोखरा महानगरको बजारक्षेत्रबाट संकलन हुने फोहोर व्यवस्थापनमा समस्या

पोखरा महानगरको बजारक्षेत्रबाट संकलन हुने फोहोर व्यवस्थापनमा समस्या

परशुराम शर्मा , कास्की । पोखरा महानगरपालिका बजारक्षेत्रबाट संकलन हुने फोहोर ब्यबस्थापनमा समस्या भएको छ ।

पोखराको वडा ३२ मा बिसर्जन हुँदै आएकोमा महानगरसंगको सम्झौता मिति सकिएको भन्दै स्थानीयले फोहोर फाल्न अवरोध गरेका हुुन् । पोखराको वडा ३२ लामेआहालमा बिसर्जन हुँदै आएको फोहोर महानगरको सम्झौता सकिएपछि स्थानीयले तिन साता देखि फोहोर फाल्न रोक लगाएपछि यतीबेला पोखराका मुख्य बजार क्षेत्रमा प्रदुषणको समस्या भएको छ ।
पोखरा महानगरपालिकाले स्थानिय वासिन्दा संग गरेको सम्झौता अनुसार फोहोर ब्यबस्थापनको समय सकिएपछि पोखरा ३२ को अस्थायी ल्यान्डफिल साइड नजिकका बासिन्दाले त्यहाँ फोहोर लैजान अवरोध गरेपछि समस्या पैदा भएको हो ।

तिन साता देखी नउठाइएको फोहोर सडकभरि यत्रतत्र फैलिंदा बजार क्षेत्र भित्र दुर्गन्धित बढ्दै जानथालेपछि सडकमा यत्रतत्र छरिएको फोहोर संकलन गरेर राखिएको भएपनि फोहोर कहाँ फाल्ने भन्ने टुंगो लागिसकेको छैन यस्तो अबस्थामा महानगरपालिका मात्रै होईन सबै नगरवासीले जिम्मेवार हुनुपर्ने स्थानिय हरुको भनाई रहेको छ ।

बजारक्षेत्र बाट दैनिक संकलन हुने करिब २ सय टन फोहोर अर्को बिकल्प नहुँदा सम्म हाललाई आ —आफ्नै घरमै राख्न अनुरोध गरिएको पोखरा महानगरका इन्जिनियर नेत्र तिमिल्सेनाले बताउनु भएको छ ।
लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा महानगरले २ वर्ष देखि फोहोरमैला व्यवस्थापन गर्दै आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका