जोडिनुहोस
  • होमपेज
  • बालेन संखुवासभामा, रास्वपाको चुनाव चिन्हमा मत दिन अपील

बालेन संखुवासभामा, रास्वपाको चुनाव चिन्हमा मत दिन अपील

निर्वाचन अभियानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह संखुवासभा पुगेका छन् ।

झापा–५ बाट उम्मेदवारी दिएका शाह पछिल्लो समय विभिन्न जिल्लामा पुग्दै आफ्नो चुनावी प्रचारप्रसारमा सक्रिय छन्।

संखुवासभामा रास्वपाका मिङ्मा शेर्पा उम्मेदवार छन् । अभियानका क्रममा मतदाताहरूसँग भेट गर्दै बालेनले संखुवासभाको पर्यटन विकासमा सबैको प्रयास आवश्यक रहेकोमा जोड दिए ।

पहिलो पटक संखुवासभा पुगेका साहले विश्वभरिका पर्यटकले पुग्नुपर्ने गन्तव्य बन्न सक्ने सम्भावना रहेको पनि बताए।

संखुवासभा रुद्राक्षका लागि परिचित रहेको बताउँदै उनले नेपाली तथा विदेशी पर्यटकलाई यहाँसम्म ल्याउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। साथै पर्यटनसँगै कृषि विकासलाई पनि प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

पूर्वी भेग प्राकृतिक रूपमा अत्यन्तै सुन्दर भए पनि टाढाबाट मात्र यसको महत्त्व थाहा नहुने उल्लेख गर्दै शाहले पर्यटन प्रवर्द्धनमार्फत यस क्षेत्रको पहिचान बढाउनुपर्ने बताए।

उनले मतदातालाई रास्वपाको चुनाव चिन्ह घण्टीमा मत दिन पनि अपील गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका