
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन भदौमा गर्ने प्रस्ताव गरिएको छ ।
पार्टीको केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको हो ।
उहाले कार्य तालिकासहित महाधिवेशनको मिति प्रस्ताव गर्नुभएको हो । विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीको नियमित महाधिवेशन गर्न लागेको हो। सभापति थापाले पार्टीलाई एकढिक्का बनाएर लैजाने समेत बताउनुभयो ।






































