जोडिनुहोस
  • होमपेज
  • केपीएल कपको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीबाट हुने

केपीएल कपको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीबाट हुने

काठमाडौं । नेपाल र भारतका प्रतिस्पर्धी क्रिकेट टोलीको सहभागिता रहने केपीएल कप अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट प्रतियोगिता २०२६ को प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीबाट हुने भएको छ । क्रिकेटप्रेमी दर्शकले असार १२ देखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सबै महत्त्वपूर्ण खेल प्रत्यक्ष रूपमा हेर्न सक्नेछन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित डा। खलिल आजाद क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपाल र भारतका चर्चित क्लब तथा क्रिकेट एकेडेमी टोलीहरूको सहभागिता रहनेछ । आयोजकका अनुसार, प्रतियोगिताले नेपाल–भारतबीचको क्रिकेट सम्बन्धलाई थप मजबुत बनाउनुका साथै युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ ।

प्रतियोगितामा इटहरी सुपर किङ्स, छिन्नमस्ता लायन्स, मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी, एचपीसीए पटना ९भारत०, केसीसी ९भारत० तथा आरएमएल स्पोर्ट्स एकेडेमी ९भारत० लगायतका टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता टी–२० ढाँचामा सञ्चालन हुनेछ ।

सार्वजनिक तालिकाअनुसार लिग चरणका खेल असार १२ देखि १९ गतेसम्म हुनेछन् । असार २० गते क्वालिफायर–१ र एलिमिनेटर, असार २१ गते क्वालिफायर–२, तथा असार २३ गते फाइनल खेल आयोजना गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका