जोडिनुहोस
  • होमपेज
  • रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण १ हजार ३ सय ८५ जनाको मृत्यु

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण १ हजार ३ सय ८५ जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण १ हजार ३ सय ८५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको खोज, उद्धार तथा राहत सम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३८५ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो । प्राधिकरणका अनुसार सबै भन्दा बढी शव चितवनमा फेला परेका छन् । चितवनमा ३६४, नुवाकोटमा १९९, रसुवामा १८५, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका हुन् । काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको पनि मृत्यु भएको उल्लेख छ । बाढी तथा विपद्का कारण करिब ५ हजार १३० जना अझै सम्पर्कविहीन रहेका छन् ।
विपद् प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६६७ जनाको उद्धार गरिएको छ । उद्धार तथा राहत कार्यमा सुरक्षा निकायका २१ हजार भन्दा बढि सुरक्षाकर्मी परिचालन भएका हुन् ।
प्राधिकरणले विभिन्न १० वटा अस्पतालमा ३३७ जनाको उपचार गरिएको समेत जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका