जोडिनुहोस
  • होमपेज
  • आजको दिनसम्म म कुनै पार्टीमा आवद्ध छैन–सञ्चारमन्त्री खरेल (भिडियोसहित)

आजको दिनसम्म म  कुनै पार्टीमा आवद्ध छैन–सञ्चारमन्त्री खरेल (भिडियोसहित)

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको दिनसम्म आफु कुनै पार्टीमा आवद्ध नरहेको स्पष्ट पार्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरको २९औँ स्थापना दिवसका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री खरेलले आजको दिनसम्म कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको स्पष्ट पार्नुभयो । आफ्ना बारेमा बिभिन्न चर्चा चल्नेगरेको भन्दै उहाले चूनाव लड्ने वा नलड्ने समेत कुनै निर्णय नगरेको बताउनुभयो ।
मन्त्री खरेलले आफु र सरकारको सम्पूर्ण ध्यान तोकिएको समयमा नै निर्वाचन गर्नेमा केन्द्रीत रहेको धारणा राख्नुभयो । सञ्चारमाध्यमबाट हुने गलत सूचनाले निर्वाचनलाई समेत असर गर्नसक्ने भएकाले सहज हुन उहाले आग्रह गर्नुभयो ।

उहाले फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने भन्दै सञ्चारमाध्यमले पनि सहि सूचना प्रवाह गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बिभिन्न पत्रकारिता पुरस्कारहरु प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका