जोडिनुहोस
  • होमपेज
  • रसुवा बाढीको ११औँ दिन शनिबार दुई जनाको जीवितै उद्दार

रसुवा बाढीको ११औँ दिन शनिबार दुई जनाको जीवितै उद्दार

काठमाडौं । रसुवा बाढीको ११औँ दिन शनिबार दुई जनाको जीवितै उद्दार गरिएको छ ।
नुवाकोटको बेत्रावतीमा घरको भग्नावशेषमा पुरिनुभएकी ५५ वर्षीया चण्डिका श्रेष्ठ र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा फसेका एक चिनियाँ नागरिकलाई शनिबार जीवितै उद्धार गरिएको हो।
विदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतले घरमा पुरिएकी चण्डिकालाई सशस्त्र प्रहरी बलको टोलीले ११औँ दिनमा जीवितै उद्धार गरेको हो। श्रेष्ठ बोल्न सक्ने अवस्थामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै रसुवा बाढीबाट प्रभावित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ सुरुङबाट एक चिनियाँ नागरिकलाई पनि जीवितै उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाका विपद् विज्ञको टोलीले ती चिनियाँ नागरिकलाई शनिबार सुरुङबाट जीवितै बाहिर निकालेको हो। यसअघि शुक्रबार पनि बाढी आएको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको थियो। सुरुङबाट सञ्जय साह र कबिर महर्जनलाई जीवितै बाहिर निकालिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका