जोडिनुहोस
  • होमपेज
  • त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका शाह र महर्जनको उपचार हुँदै

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका शाह र महर्जनको उपचार हुँदै

काठमाडौँ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवित उद्धार गरिएका सञ्जय शाह र कबीर महर्जनको उपचार भइरहेको नेपाली सेनाले जनाएको छ । महर्जनलाई एयर डाइनेस्टीको विमानबाट काठमाडौँ ल्याइएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताउनुभयो । शाहको उपचार नुवाकोटस्थित त्रिशुली अस्पतालमा भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

उद्धार गरिएका नेपाल विद्युत प्राधिकरणका दुवै जना कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधिकरणले जनाएको छ। हाल उहाँहरुको छाउनीस्थित वीरेन्द्र अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ। दुबैको सिटी स्क्यान सामान्य रहेको प्राधिकरणले जानकारी दिएको छ ।

कोइलाडी- ८, सप्तरी स्थायी ठेगाना भएका ३० वर्षीय शाह माथिल्लो त्रिशुली ३ ‘ए’ मा र काठमाडौँको बालकुमारी-३ घर भएका ४५ वर्षीय महर्जन जलविद्युत स्वचालन परियोजनामा कार्यरत हुनुहुन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका