
ताप्लेजुङ । पाथीभरामा दिनहुँ १० हजार दर्शनार्थीहरू ओइरिए, यात्रा सहज बनाउन केबलकारको निर्माण छिटो पूरा गर्ने माग
ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि दर्शनार्थीहरू पाथीभरा क्षेत्रमा ओइरिएका छन् । सङ्ख्या बढ्दै जाँदा तीर्थालुहरूले पाथीभरा मन्दिर सम्म पुगी देवीको दर्शन सहज बनाउन केबलकार निर्माणको काम छिटो पूरा गर्न माग गरेका छन् ।
पाथीभरा देवीको दर्शनका लागि यतिबेला नेपालका विभिन्न जिल्ला तथा छिमेकी भारतबाट समेत दिनहुँ १० हजार भन्दा बढी तीर्थालुहरू ताप्लेजुङ ओइरिएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार दशैँ यता दैनिक १० हजार भन्दा बढिले पाथीभरा मन्दिरको दर्शन गरिरहेका छन् । गत मङ्गलबार यो वर्षकै सबै भन्दा बढी ११ हजारको हाराहारीमा दर्शनार्थीहरू पाथीभरा पुगेका थिए । लामो यात्रा पछि ताप्लेजुङको पाथिभरा पुगेका तीर्थालुहरूले तल्लोफेदीबाट उकालो यात्रा सुरु गरी ठूलोफेदी हुँदै पाथीभरा मन्दिर सम्म पुगे देवीको आशिर्वाद पाउन कठिन यात्रा गर्नु परेको बताए । पाथीभरा मन्दिर पुग्ने कठिन पदमार्गमा युवाहरूलाइ सहज भए पनि आमा बुवा तथा परिवारका अशक्त सदस्य र वालबालिकाहरूले सास्ती खेप्नु परेको तीर्थालुहरूको भनाइ छ । पदमार्गमा भेटिएका अधिकाशं तीर्थालुहरूले पाथिभरा केबलरकार निर्माणमा भएको ढिलाइमा चासो देखाउदै पाथीभरा देवीको दर्शन गर्न सबैलाइ सहज हुने वातावरण बनाइदिन आग्रह समेत गरेका छन् । केबलकार निर्माण भए भक्तजनको संख्या बढ्ने र ताप्लेजुङ सहित समग्रु क्षेत्रकै बिकासमा ठुलो योगदान पुग्ने तीर्थालुहरूको भनाइ छ ।
पाथीभरासम्म पुग्नका लागि पाथीभरा देवी दर्शन प्रालीले केबलकार’ परियोजनाको करिब ६० प्रतिशत निर्माण कार्य पुरा गरेपनि आयोजनाको काम एकाएक रोकिएको छ । स्थानिय प्रशासनको मौखिक आदेशमा रोकिएको काम फरि कहिले सुचारु हुन्छ भन्नेमा केबलकार आयोजनाले जानकारि दिएको छैन् । तीर्थालु संगै ताप्लेजुङबासिले पाथीभरा देवीको दर्शन तथा कञ्चनजङ्घा हिमशृङ्खलाको रोमान्चक दृश्य र प्राकृतिक सौन्दर्य हेर्न पाथीभरा क्षेत्रमा पुग्ने दर्शनार्थीको सहजतालाइ ध्यान दिन समेत सरकार र स्थानीय प्रशासन तथा केवलकार आयोजना सग माग गरेका छन् । पाथिभरा सम्म पुग्ने केबलकार र अन्य पुर्वाधारमा सुधार तगा सुविधामा ध्यान दिन सके पाथीभरा क्षेत्र देशकै प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा उदाउने र समग्र कोशि प्रदेशको आर्थिक मुहार फेरिन सक्ने विस्वास स्थानीय व्यवसायीहरूको छ ।









































