
काठमाडौं । स्थानीय बजारमा सोमबार ९वैशाख १४० सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, यस दिन छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ ।



































