जोडिनुहोस
  • होमपेज
  • चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीन जनाको शव फेला

चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीन जनाको शव फेला

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीन जनाको शव फेला परेको छ ।
सुरुङको अन्तिम किनारासम्म खोजी कार्य गर्दा ३ वटा शव फेला परेको नेपाली सेनाले जनाएको छ ।
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले उपलब्ध जनशक्ति परिचालन खोजी कार्य गरिरहेको छ । सुरुङको करिब १३० मिटरसम्म खोजी गर्दा पानीको सतह टनेलको माथिल्लो भागसम्म पुगेको थियो । बुधबार गोताखोरसहितको टोलीले उक्त क्षेत्रमा खोजी कार्य गर्दा ३ वटा शव फेला पारेको सेनाले जानकारी दिएको छ । सो क्षेत्रमा थप खोजी कार्य भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका