
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । ओलीको तर्फबाट उहाकी श्रीमती राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको हो । रिट दर्ता भइसकेको र सोमबार सुनुवाइ हुने अदालतका सूचना अधिकारी एवं सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिनुभयो ।
गिरफ्तारी गैरकानुनी र पूर्वाग्रही भएको जिकिर गर्दै तत्काल रिहाइको माग गर्दै शाक्यले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको हो । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।







































