जोडिनुहोस
  • होमपेज
  • डिशहोमको विश्वकप अफर २०२६ सार्वजनिक ः सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क सुविधा

डिशहोमको विश्वकप अफर २०२६ सार्वजनिक ः सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क सुविधा

काठमाडौं । नेपालको एक मात्र डिटिएच टेलिभिजन तथा ईन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै विशेष सुविधा योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत ग्राहकहरूले थप आकर्षक लाभसहित विश्वकपको रोमाञ्चक खेलहरू उच्च गुणस्तरमा हेर्न सक्ने डिशहोमले जनाएको छ ।
डिशहोमले सार्वजनिक गरेको विशेष योजनाअनुसार डिटिएच कम्बो तथा आइपिटिभि कम्बो सेवाका ग्राहकहरूले आफ्नो ६ महिना वा १२ महिनाको कम्बो प्याकेज रिचार्ज गरी रु. ९९९ मा फिफा विश्वकप २०२६ सिजन पास खरिद गरेमा थप ३ महिनासम्मको निःशुल्क सदस्यता सुविधा प्राप्त गर्नेछन् । उक्त योजना २०२६ जुन १ देखि जुलाई २१ सम्म लागू रहने कम्पनीले जनाएको छ ।
फिफा विश्वकप २०२६ अन्तर्गतका कुल १०४ खेलहरू हिमालय स्पोट्र्समार्फत प्रत्यक्ष प्रसारण हुनेछन ्। ग्राहकहरूले ती खेलहरू डिशहोमका विभिन्न सेवा प्लेटफर्महरू– डिटिएच, आइपिटिभि, डिगो, केबल टिभि तथा टिटु टिभि मार्फत सहज रूपमा अवलोकन गर्न सक्नेछन् ।
यस विशेष योजनाबारे डिशहोमका प्रतिनिधिले भने,“फिफा विश्वकप विश्वकै सबैभन्दा प्रतिष्ठित खेलकुद महोत्सवमध्ये एक हो । यस अवसरमा आफ्ना ग्राहकहरूलाई अझ सहज, किफायती तथा उत्कृष्ट मनोरञ्जन अनुभव प्रदान गर्ने उद्देश्यले हामीले यो विशेष योजना ल्याएका हौँ । ग्राहकप्रतिको हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास लिएका छौँ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका