जोडिनुहोस
  • होमपेज
  • बिपक्षी दलको विरोधका कारण संघीय संसदको दुवै सदन प्रभावित

बिपक्षी दलको विरोधका कारण संघीय संसदको दुवै सदन प्रभावित

काठमाडौं । बिपक्षी दलको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।
नेपाल–भारत सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै बिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो । सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । सो क्रममा कांग्रेसका सचेतक निस्कल राईले नेपालले भारतको जग्गा मिचिएको प्रधानमन्त्रीको अभिव्यक्तिले देश र जनताको शिर निहुरेको बताउनुभयो । प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिप्रति आफुहरुको नोट अफ डिसेन्ट रहेको भन्दै उहाले नेपालले भारतको जग्गा मिचिएको विषयमा हिसाब दिन माग गर्नुभयो । भोलि भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने हामीले कुन जग्गा दिने ? भन्दै उहाले प्रश्न गर्नुभयो ।
त्यस्तै एमालेका सचेतक ऐन महरले सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारी, राष्ट्रघाती रहेकाले यो सदनको रेकर्डबाट हटाउन माग गर्नुभयो । उहाले नेपालले कसैको पनि भूमि नमिच्ने उल्लेख गर्दै सीमाका बारेमा जानकारी नभए सिक्न आउन सुझाव दिनुभयो ।
त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले देशको मिचिएको भूमि फिर्ता ल्याउनुको साटो उल्टै नेपालले भारतको भूमि मिचेको भन्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताउनुभयो । उहाले रास्वपा सभापतिको भारत भ्रमणको पूूर्वसध्यामा प्रधानमन्त्रीको आएको अभिव्यक्तिले आशङ्का उत्पन्न भएको उल्लेख गर्नुभयो ।
त्यस्तै श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरुले समेत प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिएर माफि माग्नुपर्ने धारणा राखेका थिए । बिपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले बसेर सदन चलाउन आग्रह गर्नुभएको थियो । तर अवरोध कायमै रहेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।
यसैबीच प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिबारे आपत्ति जनाउदै सांसदहरुले विरोध जनाएपछि राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ ।
सोमबार राष्ट्रियसभा बैठक सुरु हुनेबितिकै बिभिन्न दलका सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपति जनाउदै उठेर विरोध जनाएका थिए । उनीहरुले प्रधानमन्त्रीले सीमाका बिषयमा दिएको अभिव्यक्तिका बारे स्वयं उपस्थीत भएर जवाफ दिनुपर्ने मागेका थिए । राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले रास्वपा सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री बिना सूचना प्रतिनिधिसभामा उपस्थीत भएर दिएको अभिव्यक्ति नियोजित भएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो । सीमामा रहेका नागरिकहरुले आफ्नो भूमि जोगाइरहेको अवस्थामा प्रधानमन्त्री नै नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति देशको हितमा नरहेको उहाले बताउनुभयो ।
देशको सीमाका बोरमा बोल्न नसक्ने प्रधानमन्त्रीले देशको राष्ट्रियता जोगाउन सक्ने भन्ने अपेक्षा नरहेको उहाको भनाइ छ । राष्ट्रियसभाका प्राय सवै सदस्यहरुले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका