जोडिनुहोस
  • होमपेज
  • समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने कार्य जेठबाट सुरु हुने

समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने कार्य जेठबाट सुरु हुने

काठमाडौं । समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट सुरु हुने भएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बचत फिर्ता कार्य तथा कर्जा असुलीमा प्राथमिकता दिने नीति अबलम्बन गरिने र मागदाबीकर्ता बचतकर्ताहरुको बचत फिर्ता गर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट सुरु हुने जानकारी दिएको हो ।

त्यस्तै मागदाबी छूट भएका बचतकर्ताहरुको पुनः मागदाबी गर्ने समय आगामी श्रावणको पहिलो हप्तामा खुला गरिने समितिका अध्यक्ष डिल्लिराज आचार्यले जानकारी दिनुभयो । बचत मिलानको लागि वैज्ञानिक र न्यायपूर्ण कार्यविधि निर्माण गर्ने र सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग हुन गएमा सापटीका रुपमा मात्र खर्च गरिने उहाले जनाउनुभयो । उहाले कर्जा असुलीका लागि समितिले कानून बमोजिमको कठोर नीति अबलम्बन गर्ने उल्लेख गर्दै कर्जा असुलीका लागि दबाबमूलक कार्यहरुमध्ये ऋणीहरुको तीनपुस्ते नामावली प्रकाशनको कार्य र परिवारका सदस्यहरु समेतको नाम कालो सूचिमा समावेश गरिने बताउनुभयो ।

पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले समस्याग्रस्त घोषित सहकारीहरूको विविध समस्याको पहिचान, समाधान र व्यवस्थापनका लागि सरकार गम्भीर भएर अघि बढेको बताउनुभयो । उहाले कर्जा असुलीलाई प्रभावकारी बनाउन ठूला ऋणिहरुको नामावली सार्वजनिक गर्ने तयारी भइरहेको उल्लेख गर्नुभयो ।
समितिले किस्ताबन्दीका साथ कर्जा भुक्तानी गर्न लिखित प्रतिबद्दता व्यक्त गर्दै निश्चित कर्जा रकम दाखिला गर्ने ऋणीहरुलाई यथोचित समय उपलब्ध गराउने जनाएको छ । समितिले ७६ हजार बचतकर्ताहरुको करिब रु ४६ अर्ब बचत फिर्ता बाँकी रहेको जानकारी समेत दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका