जोडिनुहोस
  • होमपेज
  • राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि

राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको छ ।
शुक्रबार संघीय संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो चार वर्षदेखि राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि नभएकाले पारिश्रमिक सुविधा पुनरावलोकन गरिएको जानकारी दिनुभयो । कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा दश प्रतिशत तलब वृद्धि गरेको उहाले जानकारी दिनुभयो । उहाले कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको दश प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको बताउनुभयो । यसबाट यसबाट हाल खाइपाइ आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भइ ग्रेडसहित सहित न्यूनतम पारिश्रमिक करिब रु चालिस हजारदेखि रु एक लाख माथि कायम हुने मन्त्री वाग्लेले जानकारी दिनुभयो ।
नयाँ तलब २०८३ साउन १ गतेदेखि लागू हुने उहाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका