जोडिनुहोस
  • होमपेज
  • सेतो मछिन्द्रनाथको रथ जात्राका लागि रथ निर्माण

सेतो मछिन्द्रनाथको रथ जात्राका लागि रथ निर्माण

काठमाडौं । सेतो मछिन्द्रनाथको रथ जात्राका लागि रथ निर्माण भइरहेको छ ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ । रथजात्राका लागि दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडी रथ निर्माण भइरहेको हो । यस बर्ष चैत्र १२ गते सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु हुँदैछ । जात्राको पहिलो दिन काठमाडौंको तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुराइन्छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ ।
तेस्रो दिन हनुमानढोकाबाट लगनसम्म पु¥याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको छ ।
त्यस्तै जात्राको चौथो दिन रथलाई लगन आमा रुख परिक्रमा गराइन्छ ।
मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका