जोडिनुहोस
  • होमपेज
  • बीपी स्मृति दिवस– जलवायु परिवर्तन विषयमा सचेतना जगाउदै कांग्रेस

बीपी स्मृति दिवस– जलवायु परिवर्तन विषयमा सचेतना जगाउदै कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले बीपी कोइरालाको स्मृति दिवसका अवसरमा ‘जलवायु जनचेतना जगाउन जुटौं’ नारा साथ विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
स्मृति दिवसका अवसरमा कांग्रेसले बुधबार ललितपुरमा ग्रीन रन, ग्रीन टेवल सम्वाद, जलवायु संकट झल्काउने चित्रकला लगाएतका कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा कांग्रेसका सभापति गगनकुमार थापाले ‘ग्रिन रन’ प्रतियोगिता जलवायु परिवर्तन विषयमा सचेतना जगाउन मात्र नभई सङ्कल्प गर्न भएको बताउनुभएको छ ।

जननायक बिपी कोइरालाले विकासको दिगोपनको अवधारणा र प्राकृतिक स्रोतसाधनलाई न्याय गर्नुपर्छ भन्ने दृष्टिकोणप्रति कांग्रेसले फेरि सङ्कल्प गरेको थापाको भनाइ थियो । उहाले समावेशिताको अवधारणालाई पनि सात दशकअघि नै कांग्रेस संस्थापक नेता बिपी कोइरालाले व्यवहारमै लागू गराउनुभएकाले त्यसप्रति पार्टी पूर्ण प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।
साथै सभापति थापाले मानव सहायता कल्याण कोष स्थापनाको घोषणा समेत गर्नुभएको छ । सभापति थापाले कोषको रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकाहरूलाई सहयोग गरिने जानकारी दिनुभयो ।
कोषमा अहिले पार्टीका सदस्यहरूको तर्फबाट सङ्कलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने पनि उहाँले बताउनुभयो ।

यस्तै उहाले ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई नगद पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगिताका लागि तय गरिएको पाँच किलोमिटरको धावन मार्ग १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा कुरा गरी मुकेश बहादुर पाल प्रथम हुनुभएको छ । उहाँलाई सभापति थापाले ५० हजार नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

त्यसैगरी दोस्रो हुनुभएका नरेन्द्र सिंह रावललाई २५ हजार रूपैयाँ प्रदान गरिएको छ भने तेस्रो भएका सञ्जय श्रेष्ठलाई २० हजार प्रदान गरिएको छ। प्रतियोगितामा चौथो हुनुभएका गणेश सिंहलाई १२ हजार, पाँचौ हुनुभएका अमृत ठकुरीलाई १० हजार र छैठौ हुनुभएका नागेश्वर अहिरलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका