जोडिनुहोस
  • होमपेज
  • रास्वपाद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई अभिमुखीकरण

राजनीति

रास्वपाद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई अभिमुखीकरण

पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरि बुधबार अभिमुखीकरण कार्यक्रम समापन हुने

रास्वपाद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई अभिमुखीकरण

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरुका लागि अभिमुखीकरण सुरु गरेको छ ।
ललितपुरमा मंगलबारदेखि सुरु अभिमुखीकरणमा संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी लगाएतका बिषयमा प्रशिक्षित गराइने रास्वपाले जनाएको छ । संसदको संरचना तथा कार्यप्रणाली सांसदका अधिकार र जिम्मेवारी, देशको वर्तमान अवस्था र पार्टीका प्रतिवद्धता, कानून निर्माण प्रक्रियामा सांसदहरुको भूमिकाका बिषयमा बिज्ञहरुमार्फत अभिमुखीकरण गराइने सो पार्टीले जनाएको छ । त्यसैगरि योजना बजेट निर्माण सुशासन र राजनीतिक संस्कार बिकासका बिषयमा समेत नवनिर्वाचित सांसदहरुलाई अभिमुखीकरण गराइने नेताहरुले जानकारी गराएका छन् ।

अभिमुखीकरण सत्रमा रास्वपाका उपसभापति डीपी अर्यालले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले जित हासिल गरेपनि देश र जनताले जित्न बाँकी रहेको बताउनुभयो । सवै नेपालीलाई मेरा लागी सरकार छ भन्ने महशुस गराउने गरि भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने गरि काम गर्नुपर्ने उहाले बताउनुभयो । उपभापति अर्यालले निर्वाचनमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहप्रतिको आशा, भरोषा, विश्वास र क्षमताका कारण जनताको विश्वास प्राप्त भएको उल्लेख गर्नुभयो । सवैको लगनशीलता, क्षमता राष्ट्रका लागि सम्पदै इतिहास लेख्ने अवसरलाई सदूपयोग गर्न सक्नुपर्ने उहाको भनाइ छ ।

त्यस्तै रास्वपाका अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा अहिले पार्टीलाई ठूलो जनमत प्राप्त भएको भन्दै सचेत भएर जनप्रतिनिधिहरु देश र जनताका लागि क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो । उहाले आफुहरु कानून बनाउन आएको र आफ्नै नेतृत्वमा सरकार बन्दा पनि सरकारको कामको समीक्षा, अनुगमन गर्ने, निगरानी गनुपर्नेमा जोड दिनुभयो । पदका गरिमालाई न्याय गर्नका लागि सवैले थप मेहनत गर्नुपर्ने उहाले बताउनुभयो ।

अभिमुखीकरणमा सहभागीलाई मोवाईल निषेध गरिएको छ । पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरि बुधबार अभिमुखीकरण कार्यक्रम समापन हुने नेताहरुले जनाएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातीक निर्वाचन प्रणालीतर्फ ५७ गरि १८२ सीट हासिल गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?