जोडिनुहोस
  • होमपेज
  • निर्वाचन आयोगद्वारा समानुपातिकतर्फका सांसदहरुलाई प्रमाणपत्र प्रदान

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फका सांसदहरुलाई प्रमाणपत्र प्रदान

काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण गरेको छ ।

आयोगले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले नवनिर्वाचित सदस्यहरुलाई स्वागत गर्नुभएको थियो भने आयोगका सचिव एवं समानुपातिक प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले प्रमाणपत्र वितरण गर्नुभएको थियो । सो क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संविधान अनुसार निर्वाचन प्रणालीलाई सुधार गर्नका लागि नयाँ संसद गम्भीर हुने विश्वास व्यक्त गर्नुभयो । २०८४ मा हुने स्थानीय तहको निर्वाचन र प्रदेश सभा सदस्यको निर्वाचन सन्दर्भमा नयाँ कानुन ल्याएर सम्बोधन गर्नुपर्ने उहाको भनाइ छ । उहाले प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकै समयमा गर्न सके मितव्ययी हुने उल्लेख गर्नुभयो ।

समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी) बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार÷चारजना सांसद निर्वाचित भएको आयोगले चैत २ गते सोमबार नै घोषणा गरिसकेको थियो । प्रत्यक्षतर्फ रास्वपा १२५, कांग्रेस १८, एमाले ९, नेकपा ८, श्रम संस्कृति पार्टी ३, राप्रपा र स्वतन्त्र १÷१ स्थानमा निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका