जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन–आगामी निर्वाचनमा सक्रिय रुपमा सहभागीता जनाउन आह्वान

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन–आगामी निर्वाचनमा सक्रिय रुपमा सहभागीता जनाउन आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा सक्रिय रुपमा सहभागीता जनाउन आह्वान गर्नुभएको छ ।
सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि आगामी निर्वाचनमा सरिक हुन मतदातालाई आह्वान गर्नुभएको हो ।
भोट हाल्नु केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र नभइ आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय समेत भएको उहाले बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले निर्वाचनको सँघारमा सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध समेत गर्नुभएको छ । उहाले मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढंगले, एक–अर्कालाई सम्मान गर्दै निर्वाचन प्रचार–प्रसार गर्न समेत गर्नुभयो ।
निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको भन्दै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
सामाजिक सञ्जाल र आमसञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको उहाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कार्कीले मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम सरकारबाट नहुने स्पष्ट पार्दै कानुनबमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि नहट्ने धारणा राख्नुभएको छ ।
उहाले मध्यपूर्वमा उत्पन्न घटनाक्रमलाई सरकारले सूक्ष्म रूपमा नियालिरहेको र त्यहा रहेका नेपालीहरुको सुरक्षा ठूलो चासोको बिषय भएको बताउनुभएको छ ।
इतिहासकै कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएको उहाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका