जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधिसभा निर्वाचन–औपचारिक रुपमा प्रचार–प्रसार सुरु

प्रतिनिधिसभा निर्वाचन–औपचारिक रुपमा प्रचार–प्रसार सुरु

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरुले औपचारिक रुपमा प्रचार–प्रसार सुरु गरेका छन् ।
मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था अनुसार राजनीतिक दल र उम्मेदवारहरुले औपचारिक रुपमा प्रचार–प्रसार सुरु गरेका हुन् । औपचारिक रुपमा प्रचार–प्रसार सुरु भएसंगै नेकपा (एमाले), नेपाली कांगे्रस, राप्रपा, रास्वपालगायतका दलहरुले निर्वाचनका लागि बिभिन्न निर्वाचन क्षेत्रमा अभियान सुरु गरेका छन् भने स्वतन्त्र उम्मेदवारले पनि प्रचारप्रसार तीव्र पारेका छन् ।
सोमबारदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् । निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका