जोडिनुहोस
  • होमपेज
  • रसुवाको भोटेकोशी बाढी – हालसम्म एक हजार ४१० जनाको शव

रसुवाको भोटेकोशी बाढी – हालसम्म एक हजार ४१० जनाको शव

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परेको एक हजार ४१० जनाको शव फेलापरेको छ । यस्तै, पाँच हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार फेलापरेका शवमध्ये चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ छन् ।

फेला परेका शवमध्ये हालसम्म ११० जनाको सनाखत भएको छ । सनाखत हुन बाँकी शवको पहिचानका लागि डिएनए परीक्षणलगायतका प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७५६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये विभिन्न २७ वटा होल्डिङ सेन्टरमा राखिएका नागरिकमध्ये नुवाकोटमा ८३२, रसुवामा ८१७ र धादिङमा ९४ जना छन् । बाढीमा परी मृत्यु भएकामध्ये एक हजार २८६ जना तथा मृतकका आफन्त एक हजार ९४४ जनाको डिएनए नमूना सङ्कलन गरिएको छ ।

सङ्कलित डिएनए नमूनाका आधारमा सनाखत हुन बाँकी शवको पहिचान गर्ने काम अघि बढाइएको प्राधिकरणले जनाएको छ । बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन् । सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनमा सक्रिय रहेको प्राधिकरणले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका