जोडिनुहोस
  • होमपेज
  • विगतका अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ नजीरका साथ संसदलाई प्रभावकारी बनाउछौं–सभामुख अर्याल

विगतका अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ नजीरका साथ संसदलाई प्रभावकारी बनाउछौं–सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताउनुभएको छ ।
शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुसँगको अन्तक्र्रियामा सभामुख अर्यालले विगतका अव्यवहारिक नजीरहरूलाई छाड्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिको बिकाससंगै संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताउनुभएको हो ।
उहाले देश र समाजको अपेक्षा र आवश्यकता अनुसार संसदलाई अघि बढाइने उल्लेख गर्नुभयो । सभामुख अर्यालले विधेयक ड्राफ्ट गर्नुभन्दा अगाडी सरोकारवालासंगको छलफललाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाले यसैपटकदेखि संसदको बजेट अधिवेशनलाई फरक ढंगले अघि बढाउन आफुले काम गरिरहेको जानकारी दिनुभयो । सभामुख अर्यालले संसदले विधि, प्रक्रिया, कानुन, संविधानलाई पालना गर्दै कमिकमजोरी नहुने गरि छिटोछरितो ढंगबाट काम गर्ने प्रक्रियालाई अवलम्वन गरिने धारणा राख्नुभयो ।

उहाले देशका हेरक नागरिकले आफ्नो सरकार भएको अपनत्व गर्ने गरि काम गर्नुपर्नेमा समेत जोड दिनुभयो । सभामुख अर्यालले नयाँ संसद भवनको निर्माण कार्य छिटै सम्पन्न हुने विश्वास व्यक्त गर्दै हाल समाचार संकलनका क्रममा देखिएका समस्याहरु हल गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका