
काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा रास्वपा सांसद डीपी अर्याल निविरोध हुनुभएको छ ।
शुक्रबार सभामुख पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अर्यालको मात्रै एकल उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख पदमा एकमात्रै उम्मेदवारी परेकाले चैत्र २२ गते बस्ने प्रतिनिधिसभा बैठकले अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने जानकारी दिनुभयो ।
त्यसअघि शुक्रबार तोकिएको समयमा अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको थियो । अर्यालको उम्मेदवारीको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहनुभएको छ ।








































