जोडिनुहोस
  • होमपेज
  • विपत्तिमा एकताबद्ध भएर लड्नुको विकल्प छैन : प्रधानमन्त्री बालेन

विपत्तिमा एकताबद्ध भएर लड्नुको विकल्प छैन : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विपद् प्रभावित नागरिकहरूसँग सरकार निरन्तर रहने प्रतिवद्धता जनाउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी बाढीपछिको उद्दार लगाएतका कार्यमा सरकार गम्भीर भएर लागेको भन्दै स्थानीय सरकारसंग समन्वय गर्दै विपद् प्रभावित नागरिकहरूसँग सरकार निरन्तर रहने प्रतिवद्धता जनाउनुभएको हो । उहाले विपत्ति देशकै छातीमा वज्रपात भएकाले दृढ संकल्प र सहासका साथ विपत्तिमा लड्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री शाहले रसुवा बाढीपछि तत्कालै बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्यहरू सुरु गरिएको जानकारी दिदै पुनर्निर्माणका लागि सरकारले ठोस योजनाका साथ काम गरिरहेको जानकारी दिनुभयो ।

विपद्को समयमा सबै राजनीतिक दल र नागरिकहरूलाई एकजुट भएर सामना गर्न उहाले आह्वान गर्नुभयो । प्रधानमन्त्री शाहले पहिचान नखुलेका शवहरूलाई कानुनी र वैज्ञानिक प्रक्रिया पूरा गरी डीएनए नमुना सुरक्षित राखेर अस्थायी रूपमा जमिनमुनि व्यवस्थापन गरिएको र डीएनए परीक्षण मिलेपछि परिवारलाई हस्तान्तरण गरिने बताउनुभयो । पृथ्वी राजमार्गको गल्छी, बैरेनी, जरिखेत, पोखरे, मुङ्गे र गलौंदी खण्डमा लेदो पन्छाएर यातायात सुचारु गरिएको र मुग्लिन–नारायणगढ सडकको कृष्णभीर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइने उहाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका ३१ वटा मोटररेबल पुल बगेको÷क्षतिग्रस्त भएकोमा २ स्थानमा बेली ब्रिज प्रक्रिया सुरु भएको तथा गल्छी–देविघाट, तादी–देविघाट र बेत्रावतीमा बेली ब्रिज राख्ने काम अघि बढेको छ भने थप २० स्थानमा सम्भाव्यता अध्ययन भइरहेको धारणा राख्नुभयो ।

विपद् मानव सभ्यताकै अप्रत्याशित र पूर्वानुमानभन्दा बाहिरको घटना भएको उहाले बताउनुभयो । उहाले बिपद्पटिको सुरुवाती दिनमै मित्रराष्ट्र चीन र भारतबाट प्राविधिक टोली झिकाई हवाई रेकी गरिएको भए पनि अत्यधिक हिलो, लेदो र हेलिकप्टर ल्याण्ड गर्ने ठाउँ नहुँदा तत्काल टोली ओर्लन नसकेको स्पष्ट पार्नुभयो । अनुकूल अवस्था बनेपछि मात्रै प्राविधिक, एक्स्काभेटर र सुरक्षाकर्मी परिचालन गरिएको समेत उहाले बताउनुभयो ।

प्रधानमन्त्री शाहले विपद्ले हिमालय क्षेत्रमा जलवायु परिवर्तनको जोखिम गम्भीर रूपमा बढेको देखाएको हुँदा यसलाई विश्व समुदायसमक्ष साझा जिम्मेवारीका रूपमा सशक्त रूपमा उठाइने स्पष्ट पार्नुभयो । साथै उहाले कठिन परिस्थितिमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रसेवकहरूलाई हतोत्साही नगरी हौसला प्रदान गर्न आग्रह समेत गर्नुभयो ।

 

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको सम्वोधन

बाढीमा हालसम्म एक हजार एक सय १४ शव फेला, ९५ शवको सनाखत भएको र पहिचान भएका शव परिवारलाई हस्तान्तर गर्दै पहिचान हुन नसकेको शवको कानून र बैज्ञानिक प्रविधिवाट ब्यवस्थापन गरिएको जानकारी ।
बाढीबाट प्रभावित ११ हजार ९ सय ९३ जनाको उद्धार गरेको, १३ हजार ९ सय १६ जना सम्पर्क विहीन अवस्था रहेको जानकारी ।

प्रभावित क्षेत्रमा राज्य संयन्त्रबाट निरन्तर उद्धारको प्रयास भइरहेको र राज्यका सवै संयन्त्र परिचालन गरी निरन्तर निगरानी गरिरहेको जानकारी ।

राहत, उद्धार र पुनस्थापनाको लागि स्थानिय तह, प्रदेश सरकारसंग समन्वय गरिरहेको र बागमती प्रदेससंग निरन्तर सम्वादमा रहेको जानकारी ।

प्रभावित नागरिकहरुको उपचारका लागि काठमाडौंबाट विशिष्ट टोली सहित चिकित्स खटाइएको, रेडक्रस परिचालनका साथै प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन विभिन्न अभियान संचालन गरेको जानकारी ।
घटना भएलगतै प्रधानमन्त्री दैबी उद्धार कोषमा ७ अर्ब ८८ करोड बढी कोष जम्मा भइसकेको ।

टनेलमा आएको विपत्ति विशेष किसिमको रहेको र विश्वभरी टनेलमा समस्या आउँदा पाइने एक्सपर्टहरुले टनेलमा आउने पहिलोलाई पन्छाइ उद्धार गर्ने गर्छन् भने नेपालमा अहिले आएको फरक किसिमको घटना भएको र यहाँ बाढी आएर टनेलमा प्रभाव परेको कारण यसप्रकारको समस्या समाधान गर्न कुनै देशसंग एक्सपर्ट नभएको जानकारी ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका