जोडिनुहोस
  • होमपेज
  • आगामी शुक्रबारदेखि सोमबारसम्म सतर्कता अपनाउन आग्रह

आगामी शुक्रबारदेखि सोमबारसम्म सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले सजकता अपनाउन आग्रह गरेको छ । हाल बङ्गालको खाडीको मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको बिभागले जनाएको छ । यस प्रणालीको मुख्य असर विशेषगरी असोज ९, १० र ११ गते रहने र बागमती प्रदेशभन्दा पश्चिम क्षेत्रमा बढी प्रभाव पर्ने देखिएको महाशाखाका मौसमविद् मीन कुमार अर्यालले जानकारी दिनुभयो ।
गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने उहाले बताउनुभयो । उहाले लुम्बिनीको दाङभन्दा पूर्वी भूभाग (नवलपुरसम्म), कर्णालीको पूर्वी भूभाग, र सुदूरपश्चिमका दक्षिणी पहाडी तथा तराई भूभागमा पनि प्रभाव पर्ने देखिएको उल्लेख गर्नुभयो ।
बागमती प्रदेशको चितवन आसपास तथा पहिले नै बाढीपहिरोले प्रभावित बनेका रसुवा, नुवाकोट र धादिङमा मध्यम वर्षाले पनि असर पु¥याउन सक्ने उहाको भनाइ छ ।
मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि पछिल्ला वर्षहरूको प्रवृत्ति हेर्दा यो केही दिन पछाडि धकेलिने देखिने महाशाखाले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका