जोडिनुहोस
  • होमपेज
  • रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण १ हजार ३ सय ६७ जनाको मृत्यु

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण १ हजार ३ सय ६७ जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा मानवीय क्षति १ हजार ३ सय ६७ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सार्वजनिक गरेको खोज, उद्धार तथा राहत सम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३६७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो । प्राधिकरणका अनुसार सबै भन्दा बढी शव चितवनमा फेला परेका छन् । चितवनमा ३६३, नुवाकोटमा १९७, रसुवामा १७४, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२६, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका हुन् । काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको पनि मृत्यु भएको उल्लेख छ । प्राधिकरणले हालसम्म १०२ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको जनाएको हो । सनाखत हुन बाँकी शवका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणित कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ । बाढी तथा विपद्का कारण करिब ५ हजार १३२ जना अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको हो। रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन रहेका छन् ।
विपद् प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ । उद्धार तथा राहत कार्यमा सुरक्षा निकायका २१ हजार १८५ जना परिचालन भएका हुन् ।
प्राधिकरणले विभिन्न १० वटा अस्पतालमा ३२९ जनाको उपचार गरिएको समेत जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका