जोडिनुहोस
  • होमपेज
  • नेरघाटमा निर्माणाधीन बेलिब्रिजको काम अन्तिम चरणमा

नेरघाटमा निर्माणाधीन बेलिब्रिजको काम अन्तिम चरणमा

कविराज कार्की, मुगु । मुगुको सोरु गाउँपालिका–५, अन्तर्गत नेरघाटमा निर्माणाधीन बेलिब्रिज अन्तिम चरणमा पुगेको छ ।
सदरमुकाम गमगढीदेखि टाढा रहेका नेर र ताँजा गाउँका नागरिकले वर्षौंदेखि हुम्ला कर्णाली नदिमा लगाईएको जिर्ण पुल जोखिम मोलेर आवतजावत गर्दै आएका थिए । तर नेरघाटमा निर्माणाधीन बेलिब्रिज अन्तिम चरणमा पुगेसँगै स्थानीयमा नयाँ आशा जागेको छ।
करिब ४ करोड ९५ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको ६१ मिटर लामो बेलिब्रिजको अधिकांश काम सम्पन्न भइसकेको छ । पूर्वाधार विकास कार्यालय मुगुका अनुसार पुल निर्माणको करिब ९० प्रतिशत काम सकिएको छ भने बाँकी काम पनि छिट्टै पूरा हुने अपेक्षा गरिएको छ।
पुल सञ्चालनमा आएपछि नेर र ताँजा गाउँका करिब १ हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । कर्णाली करिडोरसँग प्रत्यक्ष पहुँच स्थापित भएपछि स्थानीय उत्पादनको बजारीकरण, स्वास्थ्य सेवा, शिक्षा तथा विकासका अवसरसम्म पुग्न सहज हुने विश्वास गरिएको छ।
दुर्गम बस्तीलाई सडक सञ्जालसँग जोड्ने यो पुल केवल भौतिक संरचना मात्र होइन, स्थानीयको जीवनशैली परिवर्तन गर्ने विकासको नयाँ ढोका बन्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका