जोडिनुहोस
  • होमपेज
  • अहिले कांग्रेसभन्दा पनि देशको चिन्ता धेरै ठूलो भएर गएको छ–शेखर कोइराला

अहिले कांग्रेसभन्दा पनि देशको चिन्ता धेरै ठूलो भएर गएको छ–शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई वर्तमान संकटबाट मुक्त गर्न राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
वीपी स्मृति स्वास्थ्य प्रतिष्ठान, वीपी स्मृति सामुदायिक सहकारी अस्पताल लगाएतले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले कांग्रेसको आन्तरिक अवस्थाभन्दा पनि देशको समग्र स्थिति अत्यन्तै नाजुक र भयावह रहेको भन्दै देशलाई वर्तमान संकटबाट मुक्त गर्न राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।
पार्टीभित्रको मेलमिलाप र सबै परम्परागत तथा अन्य शक्तिहरूसँग राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने उहाको भनाइ छ । उहाले ३३ सालमा वि.पी. स्वदेश फकिएको भन्दा अहिले देशको अवस्था निकै भयावह रहेको उल्लेख गर्नुभयो ।

नेता कोइरालाले एकढिक्का भएर अगाडि बढ्न नसके कांग्रेसको भविष्य समेत अप्ठेरोमा पर्न सक्ने बताउनुभयो । तर अहिले कांग्रेसभन्दा पनि देशको चिन्ता धेरै ठूलो भएर गएको उहाको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका