
काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा पाँच हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलाको दुई लाख ८५ हजार रुपैयाँ कायम छ ।
चाँदीको मूल्य पनि तोलामा २१५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला चार हजार ८६५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।



































