राजनीति
नयाँ भनिएका केहि दलहरुले आगामी २० बर्षसम्म पनि चूनाव जित्न सक्दैनन्–केपी ओली(भिडियोसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भयरहीत र निष्पक्ष ढंगले चूनाव गराए आफुहरु सहभागी हुने र जित्ने दावी गर्नुभएको छ ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अझै पनि सरकारले चूनावको वातावरण बनाउन नसकेको भन्दै भयरहीत र निष्पक्ष ढंगले चूनाव गराए आफुहरु सहभागी हुने र जित्ने दावी गर्नुभएको हो ।
अझै पनि एमाले र कांग्रेस एक भएर चूनावमा जाने निर्णय गरे तोकिएको समयमा निर्वाचन गर्न नदिने धम्की सुनिएको उहाले बताउनुभयो ।
उहाले नयाँ भनिएका केहि दलहरुले आगामी २० बर्षसम्म पनि चूनाव जित्न नसक्ने तर्क गर्नुभयो । अध्यक्ष ओलीले वर्तमान सरकार चूनावी वातावरण बनाउन छाडेर हेटौँडामा घर भत्काउन लागेको बताउनुभयो । उन्माद र नशामा देश बन्न नसक्ने भन्दै उहाले देश बनाउन सहि व्यक्ति आउनुपर्ने उल्लेख गर्नुभयो । त्यस्तै ओलीले असंवैधानिक तवरले सरकार गठन भएको र संसद बिघटन गरिएको दोहराउदै प्रतिगमन सच्चाउन संसद पुनस्र्थापना हुनैपर्नेमा जोड दिनुभयो ।
उहाले भाद्र २३ र २४ गतेको घटना लामोसमयदेखिको तयारीको उपज भएको बताउनुभयो । उक्त घटनामा जनेजी युवाहरुको कुनै भूमिका नरहेको भन्दै ओलीले देशद्रोही र अपराधिहरुले तोडफोड र आगजनी गरेको बताउनुभयो ।








































