
काठमाडौं । इनिशा बिक हत्या प्रकरणको छानविन र दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
इनिशा बिकलाई न्याय दिनुपर्ने भन्दै पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंको बागबजारदेखि माइतिघरसम्म विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले इनिशा बिकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, नारीहरुको सुरक्षा गर, घटनाको निष्पक्ष सम्मान गर लगाएतका नारा लगाएका थिए । कालोपट्टी बाधेर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले पीडित परिवारले न्याय नपाएसम्म विरोध प्रदर्शन नरोकिने जनाएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा
बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ ।





































