जोडिनुहोस
  • होमपेज
  • सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश, प्रचण्डले गरे स्वागत

सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं । अभियन्ता सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

बुधबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सायमीलाई पार्टीमा स्वागत गरेका हुन । सायमी चर्चित गुठी आन्दोलनसहित काठमाडौंमा विभिन्न खालका सामाजिक जागरण अभियानको नेतृत्व गर्दै आएका छन् । राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँग भ्रष्टाचार नियन्त्रण, गुठी आन्दोलन, सहकारी आन्दोलनको मर्मअनुसार अघि बढने संकल्पसहितको समझदारी गरिएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ ।

आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा रहेका सायमी चुनावअघि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।

२०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका सायमीले १३ हजार ७७० जना मत प्राप्त गरेका थिए । त्यस्तै पछिल्लो प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ-८ बाट उम्मेदवार बनेर रास्वपाका विराज भक्त श्रेष्ठसँग पराजित भएका थिए । विराजले १० हजार ११२ मत प्राप्त गरेर विजयी भएका थिए भने सायमीले ६ हजार १७९ मत प्राप्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका