जोडिनुहोस
  • होमपेज
  • सबैको प्रतिनिधित्वबाट भएको विकास मात्र दिगो हुन्छ–प्रधानमन्त्री कार्की

सबैको प्रतिनिधित्वबाट भएको विकास मात्र दिगो हुन्छ–प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दिएको छ।

मूल आयोजक समितिका संयोजक एवम् थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई माघ १ गते टुँडिखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो। त्यस अवसरमा अध्यक्ष चौधरीले प्रधानमन्त्री कार्कीलाई थारहरूका माग र मुद्दालाई सम्बोधन गर्न आग्रह गर्नुभयो। उहाँले संविधान बनेको १० वर्षमा पनि थारूको निजामती सेवामा आरक्षणको विषय सुनिश्चित नभएको गुनासो गर्नुभयो।

प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, ‘संविधानले दिएको अधिकार कसले र किन रोक्योरु यो कुरा मैले पनि बुझ्न सकिरहेको छैन। म यसप्रति चिन्तित छु। संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन,यो देश सबैको साझा फूलबारी भएकाले सबै समुदायको राज्यमा उचित प्रतिनिधित्व हुनुपर्ने र सबैको प्रतिनिधित्वबाट भएको विकास मात्र दिगो हुने उहाँको भनाइ थियो।

प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन थारु समुदायले माघी पर्व मनाउने गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका