जोडिनुहोस
  • होमपेज
  • भदौ १५ सम्मका लागि संसदको कार्यतालिका सार्वजनिक

भदौ १५ सम्मका लागि संसदको कार्यतालिका सार्वजनिक

काठमाडौं। सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको साउन १५ देखि भदौ १५ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिकाअनुसार यो अवधिमा प्रतिनिधि सभाको बैठक १० दिन बस्नेछ।

सचिवालयका अनुसार साउनमा २२, २४, २५ र २६ गते तथा भदौ १, २, ३, ८, ९ र १० गते प्रतिनिधि सभाको बैठक तय गरिएको छ।

यो अवधिमा विधेयकमाथिको छलफल, पारित गर्ने प्रक्रिया तथा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौतासम्बन्धी विषय संसद्को प्राथमिक कार्यसूचीमा रहने जनाइएको छ।

यस्तै, साउन २४ र भदौ ४, ५, ६ तथा ७ गते संसदीय समितिका बैठकका लागि समय छुट्याइएकाले ती दिन प्रतिनिधि सभाको नियमित बैठक बस्ने छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?