जोडिनुहोस
  • होमपेज
  • संगठित रुपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो: अर्थमन्त्री स्वर्णिम वाग्ले

संगठित रुपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो: अर्थमन्त्री स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका बिषयमा आफुमाथि संगठित रुपमा अफवाह फैलाइएको बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री वाग्लेले बजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभा अवरोध गरेर आफु विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताउनुभएको हो । नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको भन्दै उहाले रुष्ट तिनै समूहबाट पालित पोसितबाट सरकारमाथि आक्रमणको भइरहेको शंका रहेको धारणा राख्नुभयो ।

मन्त्री वाग्लेले संसदमा प्रस्तुत आर्थिक बिधेयकमा रहेका त्रुटी सच्चाएपछि सांसदहरुलाई समेत उक्त विधेयकको प्रति उपलव्ध गराइएको जानकारी दिनुभयो । आर्थिक बिधेयकको पाना नै गायव गरिएको भन्दै जनतालाई छर्न खोजिएको भ्रम धेरै दिन नटिक्ने उहाको भनाइ छ । उहाले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बिवाइडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गर्नुभयो । सुशासनको विषयमा असाध्यै निर्मम रहेको भन्दै उहाले अनुमानका भरमा कर बढ्दैछ भनेर भनेर हतार हतार गाडी भित्राएको हुनसक्ने बताउनुभयो । बजेट अघि ठूलो संख्यामा विधुतीय सवारी भित्रदा राज्यलाई नै फाइदा भएको उहाको भनाइ छ ।

उहाले करका बिषयमा कुनै गडबढी नभएकाले संसदीय छानविन समिति गठनको माग गर्नु उचित नभएको बताउनुभयो । बिना कुनै प्रमाण आरोप लगाएको भरमा जथाभावी संसदीय छानबिन गर्न संसद त्यति सस्तो भयो? भन्दै उहाले प्रश्न गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका