जोडिनुहोस
  • होमपेज
  • उपसभामुखमा रुबी कुमारी निर्वाचित

उपसभामुखमा रुबी कुमारी निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबी कुमारी निर्वाचित हुनुभएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले रुबी कुमारीलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्दा उहाको पक्षमा २ सय २९ सांसद मत खसेको थियो भने बिपक्षमा ५ मत परेको थियो । त्यस्तै तटस्थमा २२ मत परेको थियो । रुबी कुमारीको पक्षमा परेको मत तत्काल कायम रहेको सदस्य संख्याको बहुमत भएकाले रुबी कुमारीलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख अर्यालले जानकारी दिनुभयो । सभामुख अर्यालले नवनिर्वाचित उपसभामुखलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।

त्यसअघि बैठकमा राप्रपाकी उम्मेदवार सरस्वती लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । लामाको पक्षमा ५ मत आएको थियो भने बिपक्षमा २ सय १५ मत र तटस्थमा ३७ मत खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?