
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शुक्रबार (चैत २७) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको हो ।
निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल/मट्टीतेलमा प्रतिलिटर २५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य बढाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ ६ रुपैयाँ बढाइएको छ ।








































