जोडिनुहोस
  • होमपेज
  • निर्वाचनलाई सफल बनाएर संविधानलाई सहि दिशामा फर्काउछौं–गगन थापा

निर्वाचनलाई सफल बनाएर संविधानलाई सहि दिशामा फर्काउछौं–गगन थापा

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले निर्वाचनलाई सफल बनाएर संविधानलाई सहि दिशामा फर्काउने बताउनुभएको छ ।

बिहीबार सुर्खेतमा आयोजित चूनावीसभालाई सम्बोधन गर्दै सभापति थापाले आसन्न प्रतिनिधिसभा निर्वाचनका बारे केहि संशयहरू सिर्जना गर्न खोजिएको भन्दै ती संशयलाई चिर्दै तोकिएको समयमा नै निर्वाचनलाई सफल बनाएर संविधानलाई सहि दिशामा फर्काउने बताउनुभएको हो । भाद्र २३ र २४ को घटनाका बिषयमा चूपचाप बस्ने एउटा प्रवृति र उक्त घटनामा आफ्नो राजनीतिको रोटी सेक्ने अर्को प्रवृति देखिएको उल्लेख गर्दै सभापति थापाले कांग्रेस दुवै प्रवृति र सोच भन्दा भिन्न रहेको धारणा राख्नुभयो । उहाले अव अनाहकमा कोही युवाको ज्यान जाने र सिंहदरबार जल्ने अवस्था सिर्जना हुन नदिने स्पष्ट पार्नुभयो । सभापति थापाले ७४ पछिको अवधि सरकार बनाउने र ढाल्ने खेलको वरिपरि घुम्दा संविधानमा लेखिएका बिषय कार्यान्वयन हुन नसकेको धारणा राख्नुभयो ।

सभापति थापाले निर्वाचनपछिको पाँच बर्ष देश र जनताका लागि स्वर्णीम काल बनाउने र यसका लागि योजनाका साथ कांग्रेस अगाडी आएको बताउनुभयो । उहाले ४६ साल पछाडि भएका सवै प्रकरणहरुको छानविन गर्ने र दोषिलाई कारवाही गरेरै छाड्ने उद्घोष गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका