जोडिनुहोस
  • होमपेज
  • सुन प्रतितोला ५ हजार ६०० रुपैयाँले वृद्धि

सुन प्रतितोला ५ हजार ६०० रुपैयाँले वृद्धि

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने प्रतिदश ग्राम २ लाख ६१ हजार २३० रुपैयाँ तोकिएको थियो। दुई दिनको अन्तरालमा प्रतितोला ५ हजार ६०० रुपैयाँले वृद्धि भएको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँ र प्रतिदश ग्राम ४ हजार ६५१ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका