
काठमाडौँ । अब शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । आइतबार बसेको नेप्से सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने निर्णय गरेको हो ।
सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले पनि सोहीअनुसार शुक्रबार सेयर कारोबार खोल्ने निर्णय गरेको हो । यो निर्णय यही सातादेखि लागू हुनेछ ।
अब आइतबार भने सेयर बजार बन्द रहनेछ । यसअघि आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुँदै आएको थियो । यसरी आइतबारको साटो शुक्रबार बजार खोल्ने निर्णय भए पनि कारोबार समय भने ११ बजेदेखि ३ बजेसम्म नै यथावत् राखिएको छ ।




































