जोडिनुहोस
  • होमपेज
  • नेपालका लागि जलवायुजन्य महाविपत्ति केवल मानवीय घटना मात्र नभई ‘विकासको आपत्काल’ – प्रधानमन्त्री बालेन्द्र शाह

नेपालका लागि जलवायुजन्य महाविपत्ति केवल मानवीय घटना मात्र नभई ‘विकासको आपत्काल’ – प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव गर्नुभएको छ ।

बिहीबार संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज सम्बोधन गर्दै उहाँले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनसँग जोडिएको उल्लेख गर्दै हिमालय क्षेत्र पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । प्रस्तावित संयन्त्रमार्फत स्याटेलाइट तथ्याङ्क र विशेषज्ञता आदानप्रदान गर्ने, जोखिमयुक्त हिमतालको निगरानी गर्ने, संयुक्त पूर्वसूचना प्रणाली बलियो बनाउने तथा विपद्का समयमा सीमापार सहायता समन्वय गरिने उहाँको भनाइ छ । प्रधानमन्त्री शाहले हिमालयलाई खण्डित सूचनाको सीमारेखा नभई अन्तरराष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्नेमा जोड दिनुभयो । नेपालले आफ्नो पारिस्थितिक योगदानभन्दा बढी विश्वव्यापी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उहाँले नेपालको भूभागको करिब आधा क्षेत्रमा वन पुनःस्थापना भएको जानकारी गराउनुभयो । प्रधानमन्त्री शाहले एक महिना अघि नेपालको हिमाली क्षेत्रमा आएको बाढीको विपद् नेपालमा मात्र सीमित त्रासदी नभई विश्वका लागि चेतावनी भएको बताउनुभयो । उहाँले नेपालका लागि जलवायुजन्य महाविपत्ति केवल मानवीय घटना मात्र नभई ‘विकासको आपत्काल’ समेत भएको स्पष्ट पार्नुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले बढी मात्रामा कार्बज उत्सर्जन गर्ने राष्ट्रहरूले नै बढी जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै उहाँले जलवायु न्याय अब पीडितका पक्षमा हुनुपर्ने र राष्ट्रसङ्घका दस्ताबेजमा मात्र सीमित सुन्दर वाक्यांश बन्न नहुने बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असरका सम्बन्धमा सबै पक्षले आ–आफ्ना दायित्व पूरा गरून् भन्ने पक्षमा नेपाल रहेको पनि स्पष्ट गर्नुभयो । बहुपक्षीयताप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री शाहले साना तथा गरिब मुलुकको उपस्थिति र आवाज प्रभावकारी हुने संयुक्त राष्ट्रसङ्घ आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्लाई भूराजनीतिक विवादको विषय बनाउन नहुनेमा जोड दिँदै नेपाल सदैव जलवायु न्यायका पक्षमा रहेको दोहोर्याउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका