जोडिनुहोस
  • होमपेज
  • पार्टीभित्र लोकतान्त्रिक मूल्य–मान्यता, विधि र परम्पराको रक्षा गर्न आफूहरू अडिग – प्रकाशमान सिंह

पार्टीभित्र लोकतान्त्रिक मूल्य–मान्यता, विधि र परम्पराको रक्षा गर्न आफूहरू अडिग – प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत १५ औँ महाधिवेशन गर्ने स्पष्ट पार्नुभएको छ ।
गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंको शोभाभगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा नेता सिंहले आठौँ, नवौँ र दसौँ महाधिवेशनको परम्परा जस्तै १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत १५ औँ महाधिवेशन गर्ने स्पष्ट पार्नुभएको हो । उहाले आफ्नो पक्षका अरु नेताले जुनसुकै बाटो रोजे पनि वा साथ छोडे पनि पार्टीभित्र लोकतान्त्रिक मूल्य–मान्यता, विधि र परम्पराको रक्षा गर्न आफूहरू अडिग रहने धारणा राख्नुभयो । नेता सिंहले विधान र नियम मिचेर, पद र सुविधाका लागि जबर्जस्ती आह्वान गर्न खोजिएको ’विशेष महाधिवेशन’ अलोकतान्त्रिक अभ्यास भएको भन्दै १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको दावी गर्नुभयो । पार्टीको विधि, नियम र विधानलाई तोडमोड गरेर गरिने महाधिवेशनको सट्टा नियमित प्रक्रियाबाटै अगाडि बढ्नुपर्ने उहाले बताउनुभयो । उहाले अदालतले कानुनी निरुपण गर्ने भए पनि राजनीतिक मुद्दाहरूको समाधान पार्टीको आन्तरिक लोकतान्त्रिक मूल्य र पद्धतिबाटै हुनुपर्ने उल्लेख गर्नुभयो ।
२०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका