
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साह नियुक्त हुनुभएको छ ।
बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई उद्योगमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
सपथ समारोहमा सपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायधीश, राष्ट्रियसभा अध्यक्ष लगाएतको उपस्थीति रहेको थियो ।
यसअघि बिहीबार नै गौरी कुमारी यादवले राजीनामा दिनुभएको थियो ।







































